जनकपुरधाम, १० चैत । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल मधेस प्रदेश समितिले प्रदेश सरकारले ल्याएको ऐन संशोधन गर्न माग गरेको छ ।

मधेस प्रदेश सरकारले ल्याएको स्थानीय सेवा (गठन तथा संचालन) ऐन २०८१ संशोधन गर्न माग गरेको हो ।

सरकारले ल्याएको ऐनले स्थानीय तहमा कार्यरत चौंथो र पाँचौ तहका स्वास्थ्यकर्मीहरुको वृत्ति विकासमा बाधक बन्ने बताइएको छ ।

फोरमका प्रदेश समितिका अध्यक्ष विनोद यादवले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरुको वृत्ति विकास विरुद्धको ऐन संशोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरुको अवरुद्ध स्तरवृद्धि सुरु नभएमा कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं । यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी मधेस प्रदेश सरकारको हुने छ ।’

अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा ऐन २०५३ र कर्मचारी समायोजन ऐन २०७५ को प्रावधान विपरीत स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको वृत्ति विकास (आवधिक स्तरवृद्धि) बाट बञ्चित (अवरुद्ध) हुने गरी मधेस सरकारले ऐन ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !