सिरहा, १० चैत । सिरहाको औरहीमा महायज्ञको विरोधमा उत्रेकाहरुले समाजमा भ्रामक गतिविधि फैलाइरहेका छन् ।

निर्माणाधीन विष्णु महायज्ञको तयारी नहुँदै भ्रामक गतिविधिमा उत्रेकाहरुले महायज्ञ विफल पार्न अहोरात्र खटिरहेका छन् ।

केही दलित अगुवाहरु र सनातन हिन्दु धर्म विरोधीहरु यस कार्यमा संलग्न हुन सक्ने अनुमान गरिएको छ । दिपकको घर अन्यत्र सारिएको वास्तविक हो । तर, उनको घर घएको स्थानको माटो ताछेर फ्याँकेको भनाइमा कुनै सत्यता नभएको महायज्ञ स्थलमा काम गर्नेहरुले बताए ।

मरिकको घर भएको स्थानमा हामीले प्राप्त गरेको भिडियोमा प्रस्टै छ, त्यहाँ जग्गा सम्म (मिलाइएको) बनाइएको छ । धर्म विरोधी र डलरको खेती गर्ने केही अगुवाहरु (डोम, दलित, माटो समेत हटाएको, उठिवास गराइदिएको) भन्दै सामाजिक सद्भाव बिगार्न सक्रिय देखिन्छन् ।

जग्गा मिलाएको ठाउँलाई केही मिडियामा प्रचारबाजी गरेर माटो ताछेर फ्याँकेको भनेर गलत समाचारले स्थान पाएको छ । यसो हेर्दा गाउँपालिका अध्यक्ष शिवजी यादवविरुद्ध केही सामाजिक कुतत्त्वहरु लागिपरेको सहजै बुझ्न सकिन्छ ।

दलित भनिएका दिपकको घर सहमतिमै त्यहाँबाट सारिएको स्वयम् उनी आफैले स्वीकार समेत गरिसकेका छन् । केही संगठित व्यक्तिहरुले गाउँपालिकाका अध्यक्षविरुद्ध लागिपरेको हो । अध्यक्ष शिवजी यादवले पटक पटक बताइरहँदा पनि कुनै सुनुवाई गरिएको छैन ।

यद्यपि, दलित परिवारलाई विभेद गरिएको भनिएका दिपक मरिकको परिवारलाई नयाँ घरसमेत बनाइदिएको पाइएको छ । महायज्ञको बीचस्थमा रहेको उनको घर त्यहाँबाट सारेर बनाइदिएको ठाउँका उनका परिवारका सम्पूर्ण सदस्यहरु बस्दै आइरहेका छन् ।

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि आइतबार जिल्ला अदालत सिरहाले ५ दिनको म्याद दिएको हो ।

यता, जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति सिरहाले गाउँपालिका अध्यक्ष शिवजी यादव लगायत पक्राउ परेकाहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

सिरहाका एसपीहरुले वास्तविकता बुझेर पनि उनीहरुलाई हिरासत राखिरहेका छन् । पक्राउ परेकाहरुलाई रिहाई नगरे जसपा नेपालले कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !