
जनकपुरधाम १२ चैत । जनता समाजवादी पार्टी (जसपा), नेपाल महोत्तरीको गौशाला नगर कमिटीको बैठकबाट समाजवादी युवा संघ, नेपाल महोत्तरी जिल्ला अन्तर्गत गौशाला नगर समिति गठन गर्ने निर्णय गरिएको छ। बैठकमा आगामी चैत्र २० गते समिति गठन गरिने सहमति भएको छ।
बैठकमा पार्टी संगठन सुदृढीकरण, युवाको भूमिकाबारे छलफल गर्दै समाजवादी युवा संघको नगर समिति गठनलाई प्रभावकारी बनाउने निर्णय गरियो। कार्यक्रममा जसपा, नेपालका स्थानीय नेता-कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
समाजवादी युवा संघ, नेपाल महोत्तरी जिल्लाले यसअघि पनि विभिन्न सामाजिक तथा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको छ। नवगठित गौशाला नगर समितिले स्थानीय युवा नेतृत्वलाई अघि बढाउँदै संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।