
जनकपुरधाम, १२ चैत । सिरहा गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठका छोरा सुमित श्रेष्ठले एक पत्रकारलाई धाकधम्की दिँदै अमानवीयता प्रदर्शन गरेको छ ।
उनले चोर… साला… जस्ता अपशब्द प्रयोग गर्दै चोहर्वाका पत्रकार राहुल रायलाई गालीगलौज गरेको अडियो संवाद सामाजिक सञ्जालमा बाहिरिएको हो ।
पत्रकार रायले दाजु भनेर सम्बोधन गरेको अडियो संवादमा सुन्न सकिन्छ । त्यसको प्रतिकारमा सुमित सिधैं सामाचार छापेको, किन शेयर गरेको भन्दै सिधैं गालीगलौजमा उत्रेको छ ।
अडियो संवादमा राति २ बजे फोन गरेको उल्लेख छ । मेयरका छोराले पत्रकार रायलाई अभद्र र अमानवीय व्यवहार प्रदर्शन गर्दै गुण्डाशैली देखाएको छ ।
पत्रकारलाई तँ … तँ … मु…. जस्ता शब्द । तँ भर्खर पत्रकार भए होला । किन छापिस्, किन शेयर गरिस् । भोलि मुद्दा हाल्छु । चुप … चुप… ।
पत्रकारले जवाफमा दाइ म यो बिर्सिहाल्छु कि तपाईं सांसदको भतिज हो कि मेयर छोरा ।
सुमितले बर्ता कुरा गर्छस् मसँग भनेर प्रश्न गरिरहेको संवादमा प्रस्टै छ । चोर साला ….. चोर साला …. तँ चोर होइन ….. भन्दै गुण्डाशैलीमा धाक लगाइरहेको छ ।
श्रेष्ठको अडियो संवाद सुन्दा उनको यो हर्कतले समाजमा दादागिरी अझै हाबी छ भन्ने कुरा प्रमाणित हुन्छ ।
पत्रकार राय उपर सुमितले गरिरहेको ज्यादतीका विषयमा सिरहाका सञ्चारकर्मीहरु अझै बोलेका छैनन् ।
यो घटना सिरहाका (टुडे खोज पत्रिका र अनलाईन) को फेसबुक पेज Today Khoj बाट सार्वजनिक भएको छ ।