
काठमाडौं , चैत १३ । सत्तारुढ गठबन्धनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अडानका कारण भूमि सम्बन्धि अध्यादेश निष्क्रिय गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकाल्दै भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको बैठकमा सहभागी जसपा नेपालका प्रवक्ता मनिष सुमनले जनाएका छन ।
उनका अनुसार ‘अब यो नियमित विधेयकको रूपमा अघि बढ्छ, विधेयक अघि सार्दा अरू सत्तारुढ अरू दलहरूले उठाएको विषयहरू पनि समेटेर लैजाने सहमति भएको छ।’
राष्ट्रियसभामा निर्णायक रहेका जसपा नेपालले भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकार पछि हटेको हो ।
यस अघि हिजो बसेको सत्तारुढ दलहरुको बैठकमा जसपा नेपालका अध्यक्ष यादव अनुपस्थित भएपछि एजेण्डामा प्रवेश नै नगरि आज बस्नेगरि स्थगित भएको थियो ।