धारापानी, १३ चैत । जनता समाजवादी पार्टी नेपालको धनुषाधाम वडा नं. ६ मा वडाअधिवेशन सम्पन्न भएको छ ।

बुधबार वडाको हरिपुरमा आयोजित पार्टीका सक्रिय एवं क्रियाशील संगठित सदस्यहरुको भेलाबाट वडाअधिवेशन सम्पन्न भएको हो ।

वडाअधिवेशन समितिका संयोजक चन्द्रनारायण यादवको अध्यक्षतामा २१ सदस्यीय वडाकमिटी गठन गरिएको छ । सो भेलाले स्थानीय नेता रामश्रेष्ठ महतोको अध्यक्षतामा वडाकमिटी गठन गरेको हो ।

सो कमिटीको उपाध्यक्षमा हृदय साह, सचिवमा सन्तोष यादव, ससचिवमा रामनन्दन साह र कोषाध्यक्षमा निर्मला देवी महतो सर्वसम्मत चयन भएका छन् ।

सचिवमा चयन भएका सन्तोष यादव यसअघि सो कमिटीको स-सचिव थिए । यस पटक भने उनलाई सचिव बनाइएको हो ।

त्यस्तै सदस्यहरुमा राजकुमारी देवी महतो, अजिना खातुन, शत्रुधन साह, रौदी साह, जिवछी देवी महतो, योगेन्द्र यादव, राजकुमारी देवी दास, श्रीवत्ती देवी दास, रामनाथ दास, अमित यादव, सुक्रिता कुमारी यादव, सुनिता देवी ठाकुर, सुमिन्त्रा देवी साह, पल्टु दास, मनोज कुमार महतो र मन्जु कुमारी कापर सर्वसम्मत चयन भएका छन् ।

सो अधिवेशनबाट चन्द्रनारायण यादव, सरोज महतो र २ जना महिला गरी ४ जना नगर प्रतिनिधी चयन गरिएको छ ।

वडा नं. ६ बाट जिल्ला प्रतिनिधी एक जना चयन गर्नुपर्ने छ । जिल्ला प्रतिनिधी नगर समितिको बैठकले तय गर्ने जनाइएको छ ।

वडाअधिवेशनमा प्रदेश सदस्य अम्बिका विश्वकर्मा, जिल्ला सदस्य उमेश यादव, बेचन महतो र चन्देश्वर महतो, नगरअध्यक्ष विनोद यादव, महिला नेतृ बन्दना कर्ण लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !