काठमाडौं ,१४ चैत  ।  प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरू नहुँदै स्थगित गरिएको हो ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, विपक्षीले अडान नछाडेपछि २ बजेसम्मको लागि बैठक स्थगितको सूचना टाँसिएको छ ।

हिजो पनि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको थियो । यता राष्ट्रियसभा बैठक पनि विपक्षीको अवरोधपछि एक घण्टाका लागि स्थगित गरिएको छ ।

विपक्षीले प्रधानमन्त्रीको जवाफ मागिरहेको बेलामा प्रधानमन्त्रीले हिजो एक कार्यक्रममा ‘एउटा कर्मचारीलाई हटाएर, अर्को राखियो सकियो’ भनेका थिए । प्रधानमन्त्रीको यो भनाइले विपक्षीहरू झन् बिच्किएका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !