
राजविराज, १४ चैत । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री उमेश कुमार यादवले जनमत पार्टीका नेताहरुले योजनाको चिठ्ठी बोकेर ब्यापार शुरु गरेको आरोप लगाएका छन् ।
सामाजिक संजालमा बिहीवार स्टाटस लेख्दै पूर्वमन्त्री यादवले जनमत पार्टीका नेताहरुले मधेस प्रदेशको स्वीकृत बजेटको चिट्ठी बोकेर व्यापार शुरु गरेको आरोप लगाएका हुन् ।
‘जनमत पार्टीका नेताहरुले मधेस प्रदेश सरकार मातहतका भौतिक पुर्वाधार कार्यालय लगायतका अन्य कार्यालयहरुमा स्वीकृत योजनाको चिट्ठी नै छैन’ पूर्वमन्त्री यादवले सामाजिक संजालमा लेखेका छन्, जनमत पार्टीको नेताहरुले चिट्ठी बोकेर ब्यापार शुरु गरेका छन् ।’
उनले सरकार बाहिर हुँदा जनमत पार्टीका नेताहरुले कर्मचारीहरुमाथि गरेको अमानवीय व्यवहारको स्मरण गराउँदै जनमत नेतृत्वको सरकारले कुशासनलाई संरक्षण गरेको बताएका छन् ।
‘सरकारमा नहुँदाको बखत सप्तरीको भौतिक पुर्वाधार कार्यालय प्रमुखसंग गरिएको दुव्र्यवहार जनताले बिर्सेका छैनन् । कुनै बेला जनकपुरमा एउटा इन्जिनियरलाई गरेको सार्वजनिक बेइज्जती पनि यिनीहरुनलाई स्मरण हुनुपर्छ‘ यादवले लेखेका छन्, ‘मातहत कार्यालयबाट सम्बन्धित पालिका÷ वडामा पठाउनु पर्ने पत्र जनमतका नेताकार्यकर्ताहरुले पुर्याउदा त खुब सुशासनको सुगन्ध आउँछ होला नि ? ।’
‘ठेक्का मार्फत काम गर्ने निर्णय लाई कमिसन उठाउनकै लागि बदलेको, स्वीकृत कार्यक्रमहरु त्यसमा कतिपय ठेक्का प्रक्रियामा बढिसकेको कतिपय योजनालाई समेत सता गठबन्धन बीचमा कमिसनकै लागि रोकिएको छ ।’ पूर्वमन्त्री यादवले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
उनले सरकारको नेतृत्वमा रहेको दलका नेताकार्यकर्ताले छेपारोले जस्तै रंग फेर्नु लज्जास्पद रहेको भन्दै टिप्पणी गरेका छन् ।
‘निरल्लजताको पराकाष्ठा नाघेको छ । रङ्ग फेर्न गिरगिट (माउसुली) लाई पनि उछिन्न सफल भएकोमा मधेस प्रदेश सरकारलाई बधाई दिने होइन त ? पूर्वमन्त्री यादवले व्याङ्गात्मक शैलीमा लेखेका छन् ।