
जनकपुरधाम, १४ फाल्गुन । जनता समाजवादी पार्टी नेपालको औरही गाउँपालिका अधिवेशन सम्बन्धि तयारी बैठक पालिका अध्यक्ष कमलदेव मण्डलको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा आगामी २० गते पालिकाको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको छ। साथै, १९ गतेसम्म सम्पूर्ण वाडाका अधिवेशन सम्पन्न गर्नुपर्ने सहमतिले निर्णय गरेको हो।
यसै गरी, पालिका अधिवेशन औरही गाउँपालिका वडा नम्बर ६ को चक्करमा गर्ने निर्णय गरिएको छ। बैठकमा पार्टीका नेताहरू र कार्यकर्ताहरूको सक्रिय सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस् !