धारापानी, १४ चैत । जनता समाजवादी पार्टी नेपालको धनुषाधाम वडा नं. ९ मा वडाअधिवेशन सम्पन्न भएको छ ।

बिहीबार वडाको धारापानीमा आयोजित पार्टीका सक्रिय एवं क्रियाशील संगठित सदस्यहरुको भेलाबाट वडाअधिवेशन सम्पन्न भएको हो ।

वडाअधिवेशन समितिका संयोजक चन्द्रमोद साहको अध्यक्षतामा २१ सदस्यीय वडाकमिटी गठन गरिएको छ ।

दिनेश मण्डलको अध्यक्षतामा गठन गरिएको वडाकमिटी उपाध्यक्षमा अम्बिका मण्डल, सचिवमा गिता कार्की, सहसचिवमा जितेन्द्र रजक र कोषध्यक्षमा श्यामदेवी यादव सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बेचन साह, सरोज यादव, गोविन साह, श्याम बहादुर कार्की, राजदेव साह, रिता देवी यादव, रजिना खातुन, सुरुमा देवी यादव, काशिन्द्र ठाकुर, नुर बहादुर विश्वकर्मा, निर्मला देवी साह, बुद्ध राई, सविता शर्मा, तुलसी महतो, चलित्तर महतो र रामकेवल साह सर्वसम्मत चयन भएका छन् ।

वडाअधिवेशनमा प्रदेश सदस्यद्वय चन्देश्वर महतो र अम्बिका विश्वकर्मा, जिल्ला सदस्यद्वय उमेश यादव र बेचन महतो, नगरअध्यक्ष विनोद यादव, धनुषाधाम वडा नं. ७ किसानपुरका निर्वाचित वडा अध्यक्ष हेमनारायण यादव, धनुषाधाम नगरपालिका समाजवादी महिला संघकी अध्यक्ष बन्दना कर्ण, समाजवादी युवा संघका अध्यक्ष मोहन यादव लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनबाटै ५ जना नगरप्रतिनिधि समेत सर्वसम्मत चयन गरिएको छ । धनुषाधाम वडा नं. ९ मा जम्मा १ सय क्रियाशील सदस्यहरु रहेका छन् ।

नगरप्रतिनिधिमा पूर्ववडाकमिटी अध्यक्ष चन्द्रमोद साह, फरमान दफाली, सुरेश साह, जयमुन खातुन र इन्द्र बहादुर विश्वकर्मालाई चयन गरिएको छ । जिल्ला प्रतिनिधि भने चयन गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !