
धारापानी, १४ चैत । जनता समाजवादी पार्टी नेपालको धनुषाधाम वडा नं. ८ मा वडाअधिवेशन सम्पन्न भएको छ ।
बिहीबार वडाको धारापानीमा आयोजित पार्टीका सक्रिय एवं क्रियाशील संगठित सदस्यहरुको भेलाबाट वडाअधिवेशन सम्पन्न भएको हो ।
वडाअधिवेशन समितिका संयोजक पवन यादवको अध्यक्षतामा १६ सदस्यीय वडाकमिटी गठन गरिएको छ ।
पवन यादवको अध्यक्षतामा गठन गरिएको वडाकमिटी उपाध्यक्षमा रन्जु कुमारी यादव, सचिवमा सौखी रान यादव, सहसचिवमा विवेक कुमार यादव र कोषाध्यक्षमा सुमित्रा देवी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सरस्वती देवी ठाकुर, सहदेव ठाकुर बरही, सनेचरी देवी महरा, मनेश खडका यादव, रेश्मा देवी महरा, दुखनी देवी मण्डल, ललिता देवी महरा, ककुल्ती देवी महरा, विकरु रोहिता यादव, राजु कुमार यादव र जोगिन्द्र ठाकुर बरही सर्वसम्मत चयन भएका छन् ।
वडाअधिवेशनमा प्रदेश सदस्यद्वय चन्देश्वर महतो र अम्बिका विश्वकर्मा, जिल्ला सदस्यद्वय उमेश यादव र बेचन महतो, नगरअध्यक्ष विनोद यादव, धनुषाधाम वडा नं. ७ किसानपुरका निर्वाचित वडा अध्यक्ष हेमनारायण यादव, धनुषाधाम नगरपालिका समाजवादी महिला संघकी अध्यक्ष बन्दना कर्ण, समाजवादी युवा संघका अध्यक्ष मोहन यादव लगायतको उपस्थिति रहेको थियो ।