काठमाडौं, १६ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो ।

त्यस्तै, रास्वपाले केन्द्रीय समिति बैठक पनि आह्वान गरेको छ ।

आगामी चैत १८ गते केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक आह्वान भएको रास्वपाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !