जनकपुरधाम, १६ चैत । जनता समाजवादी पार्टी नेपालको लक्ष्मीनियाँ गाउँपालिकामा गणेश यादव सर्वसम्मत चयन भएका छन् ।

शनिबार लक्ष्मीनियाँबजारमा सम्पन्न गाउँपालिकाको अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।

गाउँपालिकाको अध्यक्ष समेत रहेका उनकै अध्यक्षतामा सम्पन्न अधिवेशनले पुनः उनकै नेतृत्त्वमा २३ सदस्यीय समिति गठन गरेका छन् ।

यसअघि गाउँपालिका अध्यक्ष समेत रहेका गणेश यादवको उपस्थितिमा पालिकाको सबै वडामा वडाअधिवेशन सम्पन्न भैसकेको छ ।

वडाहरु क्रमशः १ देखि ७ सम्म राजेन्द्र यादव, उस्मान राइन, हरिनारायण यादव, अभय कुमार यादव, प्रदीप यादव, परमेश्वर यादव र मकसुधन यादव सर्वसम्मत वडाअध्यक्ष चुनिएका छन् ।

पालिकाको अधिवेशन सम्पन्न पश्चात् जिल्लाका संगठन विभाग प्रमुख समेत रहेका शत्रुधन यादवसहित १८ जनालाई जिल्ला प्रतिनिधिको रुपमा पठाइएको छ ।

अधिवेशनमा जसपा नेपालको कार्यकारिणी समिति सदस्य महाजन यादव, पूर्वसांसद चमेली देवी दास, रामगोविन्द यादव, चन्देश्वर सदा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !