
काठमाडौं, १७ चैत। राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।
ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ ।
प्रसाईंकै कमान्डमा भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी भएर दुई जनाको मृत्यु समेत भएपछि प्रासाईं भने फरार छन् ।
प्रतिक्रिया दिनुहोस् !