बारा, १७ चैत । प्रेस मञ्च नेपालले बारा जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । मञ्चलाई सुदृढिकरण गर्दै भव्य कार्यक्रम गरी दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

आइतबार बाराको कलैयामा मेघराज पासवान (निखिल) को अध्यक्षता अधिवेशन गरिएको छ । दोस्रो अधिवेशनले पनि पूर्वअध्यक्ष पासवानलाई निरन्तरता दिएको छ ।

निखिलकै नेतृत्वमा मञ्चले १५ सदस्यीय नयाँ कार्यसमिति पाएको छ । समितिको उपाध्यक्षमा शेख महताव आलम र महिला उपाध्यक्षमा सोना यादव चुनिएका छन् ।

त्यस्तै, सचिवमा मानिकचण साह, सहसचिवमा रूपेश साह र दीपक पासवान चुनिए । कोषाध्यक्षको जिम्मेवारी भने राजेश कुमार यादवलाई दिइएको छ ।

समितिका सदस्यहरूमा उपेन्द्र पासवान, निभा गिरी, नेहा गिरी, राज बहादुर यादव, प्रवेश चौधरी, भैरव लाल महतो कोइरी, साबिर आलम र ललन पासवान चयन भएका छन् ।
अधिवेशनले सम्पूर्ण पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएको प्रेस मञ्च नेपालका मधेस प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादवले जनाए ।

मञ्चका केन्द्रीय कार्यबाहक अध्यक्ष मनोजकुमार यादवले नवनिर्वाचित कार्यसमितिलाई माला र अविर लगाई सफल कार्यकालको शुभकामना दिए ।

अधिवेशनमा कार्यवाहक अध्यक्ष मनोज यादव, प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, मञ्चका केन्द्रीय सदस्यद्वय त्रिलोकीनाथ यादव र अनिल वर्मा उपस्थित थिए ।

त्यस्तै, पूर्व संविधानसभा सदस्य आत्माराम प्रसाद साह, पूर्व मन्त्री उषा यादव, जसपा नेपालका नेता रामबाबु यादव, प्रयाग यादव, उमरावती यादव, रामकिशोर यादव, प्रमिला गिरी, बबिता देवी लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !