
रौतहट, १९ चैत । प्रेस मञ्च नेपाल रौतहट शाखाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
मंगबार रौतहटको गौरमा किशोरी यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनले उनकै नेतृत्वमा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।
समितिका उपाध्यक्षमा दिपक कुमार, महिला उपाध्यक्षमा रश्मि पटेल, सचिवमा चन्दन महतो, सहसचिवमा दिलिप पान्डे, महिला सहसचिवमा प्रियंका सिंह र कोषाध्यक्षमा श्रीकान्त यादव चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा शेख समीर आलम, प्रदीप यादव, राकेश पटेल, अरबिन्द यादव लगायतका छन् ।
अधिवेशनमा प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोज यादव, पूर्वराज्यमन्त्री योगेन्द्र यादव, पूर्व प्रदेशसभा सदस्य शोभा देवी साह, मञ्चका केन्द्रीय सदस्य रबिन्द्र साह, प्रदेशका महासचिव बन्दना झा, महोत्तरी जिल्ला उपाध्यक्ष शैलेन्द्र यादव सहभागी थिए ।