जनकपुरधाम १९ चैत । जनता समाजवादी पार्टी नेपालकाे रामगाेपालपुर नगरपालिकाकाे प्रथम नगरपालिका अधिबेशन सम्पन्न भएको छ। महाेत्तरी क्षेत्र नम्बर ४का पुर्व सांदस एवम संघीय सरकारकाे पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री रहेका डा सुरेन्द्र कुमार यादवको विशिष्ट अतिथ्य तथा मधेश प्रदेशका सांसद एवम पूर्व आन्तरीक तथा कानून राज्य मन्त्री सराेज सिंह कुश्वाहाकाे प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएकाे छ ।बैठकमा बोल्दै पूर्व मन्त्री यादवले संगठन निर्माणमा सबै तहका नेताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सम्पूर्ण सदस्यहरूलाई सक्रिय भएर लाग्न आह्वान गरे। त्यस्तै प्रमुख अतिथिका रुपमा रहेका सराेज सिंह कुशवाहाले पार्टीका इमानदार कार्यकर्ताहरुकाेलागि आन्दोलन र अधिवेशन पर्वकाे रुपमा रहेकाे बताएका छन ।भर्नुकासाथै पार्टी र जनताकाेलागि गरेकाे कामकाे मुल्यांकन गरिन्छ भनेका छन । प्रदेश सदस्य राज नारायण यादवले अधिवेशनकाे वर्तमान अवस्थालाई सकारात्मक ठहर गर्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए। केन्द्रीय सदस्य दिपक झा गुडुले पार्टीको मुल एजेन्डालाई प्रत्येक जनताहरुकाे घरसम्म लैजान आग्रह गर्नुकासाथै अगामि चुनाबमा यस पालिकामा बलियाे रुपमा प्रस्तुत हुन कार्यकर्ताहरुलाइ यहिलेदेखि लागनु पर्ने बताउनु भएकाे छ ।रामगाेपालपुर नगरपालिकामा जनता समाजवादी नेपालकाे
नगरपालिका अध्यक्ष बिजय कुमार यादवकाे अध्यक्षतामा यहिले सम्म २नयाँ सदस्यीय समितीकाे निर्णय भएको छ भन्ने अन्न समिति गठन गर्न बाकी रहेका छन । जसको सचिवमा खुशि पटेल रहेका छ। कार्यक्रममा महाेतरी क्षेत्र नम्बर ४का पूर्व सांसद डा सुरेन्द्र कुमार यादव,प्रदेश सांसद सराेज सिंह कुश्वाहा,केन्द्रीय सदस्य दिपक झा गुडु,युवा तथा खेलकुद परिसदके केन्द्रीय सदस्य राेसन सिंह राना,केन्द्रीय सदस्य श्याम यादव, जनता समाजवादी पार्टीका महाेतरी जिल्ला अध्यक्ष राम प्रगास यादव, यादव, युवा नेता कमलेश कुमार यादव,सराेज कुमार यादव लगायत हजाराै स्थानिय नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !