जनकपुरधाम  २०  चैत  । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा नगर अध्यक्ष विजय कुमार यादवको सक्रिय पहलमा रौशन साह जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

नगर क्षेत्रमा पार्टीको संगठन विस्तार र बलियो बनाउने अभियानअन्तर्गत यादवले साहलाई जसपामा समाहित गराएका हुन् । साहलाई पार्टीमा स्वागत गर्न जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा संघीय सरकारका पूर्व राज्य मन्त्री डा. सुरेन्द्र यादव र प्रदेश सांसद तथा पूर्व राज्य मन्त्री सरोज सिंह कुशवाहाले माला लगाइ सम्मान गरे ।

नगर अध्यक्ष यादवले जसपा सबै समुदायको हकहितका लागि प्रतिबद्ध रहेको बताए । उनले रामगोपालपुरमा पार्टीको संगठन विस्तारलाई अझ सशक्त बनाउने अभियान जारी रहने बताए। साहको आगमनले स्थानीय तहमा पार्टीलाई थप बल पुग्ने यादवको विश्वास छ ।

रौशन साहले जसपाको नीति तथा नेतृत्वमा विश्वास रहेको बताउँदै नगर विकास र जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !