जनकपुरधाम २० चैत । महोत्तरीको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम पालिका अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले पुनः कैलास यादवलाई पालिका अध्यक्ष चयन गरेको छ। यादवको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

अधिवेशनको औपचारिक उद्घाटन

पालिका अधिवेशनको उद्घाटन जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा संघीय सरकारका पूर्व राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले गरेका थिए। उहाँले कार्यक्रममा बोल्दै पार्टी संगठन विस्तारको आवश्यकता रहेको औंल्याउँदै जसपा नेपालको विचार, नीति तथा कार्यक्रमहरूलाई आम जनतासम्म पुर्‍याउने अभियानलाई सशक्त बनाउन सबै कार्यकर्ताहरूलाई आह्वान गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित जसपा नेपालका केन्द्रीय सदस्य दीपक झा (गुड्डु)ले संघीयतालाई बलियो बनाउन सबै पार्टी नेता, कार्यकर्ता तथा समर्थकहरू एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरे। उनले जसपा नेपाल मधेशको सशक्त राजनीतिक शक्ति भएकाले संगठनलाई थप मजबुत बनाउन आवश्यक रहेको बताए।

विशिष्ट अतिथिहरूको भनाइ

कार्यक्रममा अन्य केन्द्रीय सदस्यहरू रामदरेश यादव, इसरागन यादव, तथा केन्द्रीय सल्लाहकार संजय सिंहले पनि आ–आफ्नो विचार राख्दै पार्टी संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

प्रदेश कार्यसमिति सदस्यहरू राम नरेश राय, किरण राय, राजीव यादवले स्थानीय तहमा पार्टीको सशक्त उपस्थिति आवश्यक रहेको उल्लेख गरे। जिल्ला अध्यक्ष रामप्रकाश यादव, युवा जिल्ला अध्यक्ष सरोज यादव पप्पु, क्षेत्रीय अध्यक्ष राजकुमार यादव, सचिव तेज नारायण, रामगोपालपुर नगर संयोजक विजय कुमार यादव लगायतका नेताहरूले जसपा नेपालले मधेशको हकहितका लागि निरन्तर संघर्ष गरिरहेको र संगठन विस्तारसँगै विकासका एजेन्डालाई प्राथमिकता दिनुपर्ने बताए।

समाजवादी युवा, महिला, दलित, मुस्लिम संगठनको अधिवेशन पनि सम्पन्न

यस अधिवेशनको अवसरमा समाजवादी युवा संघ, समाजवादी महिला संघ, समाजवादी दलित संगठन, समाजवादी मुस्लिम संगठन लगायतका पालिका स्तरीय अधिवेशनहरू पनि सम्पन्न गरियो। नवगठित नेतृत्वहरूले पार्टीको सिद्धान्त, नीति तथा योजनाहरूलाई गाउँस्तरसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

नव-निर्वाचित पालिका अध्यक्ष कैलास यादवको प्रतिबद्धता

पुनः निर्वाचित पालिका अध्यक्ष कैलास यादवले आफुलाई फेरि एकपटक अध्यक्षको जिम्मेवारी सुम्पिएकोमा सबै पार्टी सदस्यहरूलाई धन्यवाद व्यक्त गरे। उनले संगठन विस्तार, स्थानीय तहमा पार्टीको उपस्थिति मजबुत बनाउने तथा जनताको समस्या समाधानका लागि सक्रिय रूपमा लाग्ने प्रतिवद्धता व्यक्त गरे।

यस अधिवेशनबाट सम्सी गाउँपालिकामा जसपा नेपालको संगठनात्मक सशक्तिकरण हुने अपेक्षा गरिएको छ। साथै, पार्टीले आगामी स्थानीय चुनावको तयारीलाई समेत प्राथमिकता दिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !