
जनकपुरधाम, २२ चैत । धनुषाको धनुषाधाम नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिकाको वडा नं. १ का वडाअध्यक्षले शुक्रबार तालाबन्दी गरेको हो ।
नेकपा माओवादीबाट उपनिर्वाचनमा विजय भएका वडाअध्यक्ष सुनिल कापरले नगरपालिकाको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो ।
वडाअध्यक्ष कापरले प्रमुख प्रशासकीय अधिकृत र पुर्वाधार व्यवस्थापन शाखामा तालाबन्दी गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा नं. १ मा आफू अनुकुल योजना दिएको भन्दै वडाअध्यक्षलाई जानकारी बिना काम गरिरहेको वडाअध्यक्षको आरोप छ ।
त्यस्तै, नगरपालिकाले तालिमगोष्ठीको नाममा वडाअध्यक्षको समन्वयविना नै सो वडामा अनियमित तरिकाले योजना सञ्चालन गरेको भन्दै तालबान्दी गरेको माओवादीका जिल्ला अध्यक्ष दिपक यादवले जनाए ।
यसअघि पनि माओवादी केन्द्र नगरका नेता कार्यकताहरुले पनि नगरपालिका घेराउ गरेका थिए ।
त्यसबखत मेयरले माओवादीका नेताहरुलाई छलफल गरेका थिए । नगरपालिकाका मेयर बालेश्वर मण्डल निर्वाचित भएको दोस्रो कार्यकालको तेस्रो बर्ष बित्न लाग्दा माओवादीका वडाअध्यक्ष सुनिल कापर र नेताहरुले मेयरलाई पटक पटक ध्यानाकर्षण गराइरहेका छन् ।
धनुषाधाम नगरपालिकामा तेस्रो बर्षसम्म पनि नगरपालिकाको कार्यसम्पादनका विषयमा नेृकपा एमाले, जसपा नेपाल, जनमत पार्टी लगाएत विपक्षी दलहरु कुनै चासो देखाएको छैन ।