धारापानी, २३ चैत । जनता समाजवादी पार्टीका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताएका छन् ।

महोत्तरीमा पर्सादेवाडमा शुक्रबार भएको प्रेस मञ्च नेपाल महोत्तरीको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले देशको वर्तमान राजनैतिक अवस्थामा पत्रकारहरु सचेततापूर्वक गणतन्त्रको पक्षमा वकालत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

देशमा अहिले केही व्यक्तिहरुको उस्काहटमा राजा चाहिन्छ भनेर नाराजुलुस भइरहेको छ । यस्तो परिस्थितिमा आफू सुरक्षित रहेर संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पत्रकारहरु कलम चलाउन आग्रह गरे ।

चैत २१ गते मधेस र संघीयता तथा समाजवाद पक्षधर ७ दलहरुले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गएको छ ।

गणतन्त्र तथा समाजवादी पक्षधरहरु, जसले मधेसबाट प्रतिनिधित्व गर्दछ । आज उनीहरु एउटै मोर्चामा बस्दा मधेसका जनताहरुमा नयाँ आशा पनि पलाएको उनले सुनाए ।

जसपा नेपाल सधैं मधेसको पक्षमा रहने शक्ति हो । यहाँको शासन प्रसाशन, रोजगार, सुरक्षा आदिको क्षेत्रमा अगाडि बढ्न उपेन्द्र यादव अग्रणी जहिले पनि अग्रणी मोर्चामा रहने गर्नुहुन्छ ।

उपेन्द्र जी को चट्टानी अडानका कारण संसदमा पेश भएको भूमि अध्यादेश सम्बन्धीको विषय राष्ट्रिय सभामा गएर अड्कियो । त्यहाँ जसपा नेपाल निर्णायक थियो । यो विधेयक ल्याउन सरकारलाई घोडा टेकाउने समर्थ उपेन्द्र यादवले देखाएको बताए ।

विगतमा पनि पत्रकारहरुकै सशक्तरुपमा कलम चलाएकै भरमा देशमा संघीयता आएको हो । मन्त्री यादवले भने, ‘संघीयताको मर्मअनुसार नेता र मन्त्रीहरुले काम नगर्दा जनता आक्रोशित हुनु स्वभाविक हो । मन्त्रीहरुले आफ्नो चरित्र सुधारेर जनताको चाहनाअनुरुप अघि बढ्नु पर्छ ।’

जनता समाजवादी पार्टी नै देशको एउटा यस्तो शक्ति हो जसले भूमि अध्यादेश रोकी मधेसलाई मरुभूमिकरण हुनबाट रोकेको छ ।

देशका अन्य दलहरुमा मधेसी नेताहरु पछौटेमा बस्न बाध्य छन् । तर उनीहरु प्रहरी प्रशासनले मेरो सुन्छ, तेर्छ भनेर जनतालाई झुक्याइरहेको बताए ।

नागरिकलाई झुक्याएर मत कलेक्सन गरेर लान्छ तर मधेस, मधेसी तथा उत्पीडित जनता लगायत यहाँबाट मत लाने नेताहरु ती पार्टीहरुमा अस्तित्वविहीन अवस्था रहन्छन् । मधेसी कोटामा केन्द्रीय सदस्यमा मनोनित वा निर्वाचित हुन्छन् । त्यस्तो परिस्थिति जसपा नेपालमा नरहेको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !