
जनकपुरधाम, २५ चैत । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा मनिष कुमार यादव चयन भएका छन । लुम्बनी प्रदेशको भैरहवामा हिजो आइतवार अबेर राति सम्पन्न महाधिवेशनले यादवको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेका छन ।
समितिको उपाध्यक्षमा राहुल यादव (रुपन्देही), ललन कुमार यादव (रौतहट), शत्रुधन यादव (बारा), मो. आमिन खान राइन (धनुषा), शारदा यादव ( बारा), चन्द्र नारायण यादव (मोरंग) चयन भएका छन । त्यसैगरि महासचिवमा बलिराम कापडी (धनुषा), अंजिल राई ( खोटाङ), उपमहासचिवमा राधेश्याम यादव (सप्तरी), सुनिल कुमार यादव (कपिलबस्तु), देवकुमार यादव (सुनसरी), प्रविण कुमार यादव (रौतहट), धिरज यादव (ललितपुर) चयन भएका छन ।
समितिको सचिवमा विरेन्द्र कुमार यादव (रुपन्देही), प्रतिक्षा कुमारी यादव (सप्तरी), दिनेश सुब्बा ईवा (पाँचथर), र पुरुषोत्तम साह (सिरहा) चयन भएका छन भने कोषाध्यक्षमा बैजनाथ भण्डारी मोरङ चयन भएका छन ।
समितिको सदस्यहरुमा संतोष कुमार पण्डित (सप्तरी), नितेश कुमार यादव (सुनसरी), शिवनन्दन यादव (बर्दिया), विष्णुकुमार यादव (सुनसरी), रघु कामत ( मोरङ), कौशलेन्द्र मिश्र (रुपन्देही), वृखेश कुमार यादव (मोरङ), निरजकुमार यादव (मोरङ), मिथलेश कुमार यादव (सप्तरी), बबिता मौर्य( कपिलबस्तु), गुलाम नवि मुस्लमान (कपिलवस्तु),सरिता यादव (कपिलबस्तु), नितेश यादव सप्तरी, अमिल कुमार यादव (धनुषा), रविनकुमार यादव (सप्तरी), मुकेश प्रसाद यादव (पर्सा), विशाल राम (पर्सा), नजमुल हक ( रौतहट), सुशिल कुमार यादव (मोरङ्ग), सनिा कुमारी माझी (मोरङ्ग) चयन भएका छन ।
समितिको बाँकी पदाधिकारी र सदस्यहरुको चयन पछि गरिने नवनिर्वाचित अध्यक्ष मनिष यादवले जनाएका छन ।
चैत २३ भैरहवामा शुरु भएको महाधिवेशन नयाँ कार्य समिति चयन गर्र्दै सम्पन्न भएको हो ।