• मधेश प्रदेशमा सम्बोधन गर्न पाउदा अत्यन्तै खुसी लागेको छ ।
  •  सत्ययुग देखीको इतिहास बोकेको राजा जनक , शिवको धनुष राखिएको, महर्षि, ऋषिहरुको तपो भूमि, माता सिताको जन्म भूमि, छिन्नमस्ता, गढि माई नेपालमा मात्र नभई अन्तराष्ट्रिय जगमतमा समेत चर्चित ,
  • चिन्तक र दार्शनिक हरुको भूमि, विद्धानहरुको भूमि जसले मिथिला साहित्यलाई मात्र होइन अन्य साहित्यहरुलाई समेत समृद्ध बनाएको छ ।
  •  त्यस्ता दार्शनिकहरुको भुमिमा आज हामी ती इतिहासहरुलाई लिएर
    राजर्षि जनकको दरबारमा हुने जीवन र शास्त्रहरुको चर्चाको विषयमा
    दुनियाँ अन्ध्यारोमा रहेका बेला यो भूमिका ज्ञानको उज्यालो फैलाउने यो भूमिमा आएर आज हामी चर्चा गर्दै छौ
    के उपलब्धिहरु भयो
    मधेश नेपालको एउटा प्रदेश हो ।
    प्रशासनिक उन्नति, विकासको काममा सहजता प्रदान गर्न प्रदेशको माध्यमले अभ्यास बढाएका छौ ।
  • लामो समय अधिकार प्राप्तिमा लडाईमा वितायौ,
    त्यसकै फलस्वरुप आज हामी यस अवस्थामा आएका छौ
    मधेश प्रदेश चेतनशिल भूमि हो
    आजको उपलब्धिमा मधेशको विशेष योगदान रहेको छ ।
    संघीय लोकतानित्रक गणतन्त्रको पक्षमा मधेश दृढताको साथ उभिने विश्वास व्यक्त गर्दछौ ।
  • अहिलेको प्रणाली जनताको सेवामा समर्पित हुनु पर्दछ
    राजनीतिक अधिकारहरुलाई अझ विस्तार गरिनु पर्दछ
    लोकतन्त्र राजनीतिक क्षेत्रमा मात्र नभई समग्र क्षेत्रमा हुनु पर्दछ ,
    यदी जनताको जीवन स्तरमा साकारत्मक सुधार ल्याउन सकिएन भने, जनताको अधिकार सुनिश्चित गर्न सकिएन भने, त्यसको अर्थ नहुने
    गरिबी निवारण तर्फ अग्रसर हुनु पर्दछ ,
    जैविक र मानविय आवश्यकताहरुलाई सहज परिपूर्ति हुने अवस्थाको सृजना हुनु पर्दछ ।
    यसको परिपूर्ति हामीले गर्न सकेनौ भने प्रणाली माथि नै संकट पर्दछ ,
    जनताले प्रणालीको उपलब्धि आफनो जीवन, सन्तामा खोज्छन , सन्तानको अधिकार प्राप्तिमा खोज्छन ।
  • जनताको जीवनमा लोकतन्त्र ल्याउनु पर्दछ । अनि मात्र लोकतन्त्रको औचित्य पुष्टि हुन्छ
    भ्रष्टाचार नियन्त्रण गर्न सकेनौ भने जनतामा वितृष्णा पैदा हुन्छ ,
    जनताले सबै कुरा देखेको हुँदैन तर सत्यानुमान गरेको हुन्छ । त्यसलाई शास्त्रले पनि प्रमाण मान्दछन
    भ्रष्टाचार कसैले देखेको हुँदैन तर सत्यानुमान गरेको हुन्छ ,, जनताले विश्वास गर्छन ,
    त्यस्ता कुरामा हामी सचेत हुनु पर्दछ, सुशासनको प्रत्याभूति दिनु पर्दछ,
    त्यसैका लागि लोकतन्त्र चाहिएको हो ,
  • हामीले सुशासनको प्रत्याभुति दिनु पर्दछ,
    विकासको योजनालाई प्राथमिकतामा राख्नु पर्दछ ,
  • खाद्य, माछा, फलफुल लगायतको खाद्यान्न उत्पादनमा मधेश अगाडी छ, तर अझै बढाउनु पर्दछ,
    आफनै प्रदेशलाई पुगेर भएन , अन्य प्रदेश र देशलाई नै पुग्ने गरि अगाडी बढाउनु पर्दछ
  • राष्ट्रिय भावना, उत्तरदायित्व को भावना सबै प्रदेशमा हुनु पर्दछ
    यस प्रदेशको सिचाई व्यवस्थापनका लागि सुनकोशी मरिन डाइभर्सन निर्माणको क्रममा छ
  • एकलाख ८५ हजार विग्घामा सिचाई उपलब्ध गराउछ,
    जसले मधेशमा कृषि क्रान्ति ल्याउछन
  • हाम्रो विविधिता नै हाम्रो शक्ति हो पहाडमा बाध बाधेर तराई मधेश सिंचित गरिनु पर्दछ भने मेरो मान्यता हो
    राष्ट्रिय एकतालाई मजबुत बनाउनु पर्दछ
  • हुलाकी राजमार्गको चर्चा थियो , बनेको थिएन,
    मैले नै १० अर्ब राखेर शुरु गराए,
    एक लेनको मात्रै कुरा थियो । तर राजमार्ग एक लेन हुनु भएन, भनेर दुई लेनको बनाउन लगाए ,
  • मधेश आँप र माछाको प्रमुख क्षेत्र हो
    अब सरकारले नगद बाडने तर्फ होइन उपकरण खरिदमा अनुदान दिनु पर्ने छ ।
    कृषि अनुदानमा नगद दिएर हुदैन
    उपकरणमा अनुदान दिनु पर्दछ ,
    हाम्रो नीतिलाई नै परिमार्जन गरिनु पर्दछ
  • मधेश प्रदेशले मुलुकको आर्थिक विकासमा योगदान गरेको छ । अगामी दिनमा समेत निरन्तरता पाउने छन ।
    रेल मार्गको विस्तार, राजमार्गहरुको विस्तार समेत अगाडी बढाइएको छ ।
  • मधेश प्रदेशलाई विकास, औद्योगीकीकरणको दौडमा अगाडी बढाउनु पर्दछ
    भारत जस्तो विसाल बजार छ तर बोर्डर बाट हुने तस्करी रोक्नु पर्दछ
  • जनकपुरधाम अहिले सफा देखिएको छ , मधेशको राजधानी छ,
    , जनकपुर चक्रपथको निर्माण अगाडी बढाइएको छ , जसले जनकपुरको विकासमा योगदान दिने विश्वास लिएको छु
  • पूर्व मुख्यमन्त्री्हरु बाट अनुभवको मद्दत लिन प्रदेश सरकारलाई आग्रह
    रचानात्मक सहयोगको लागि प्रतिपक्षलाई आग्रह
  • प्रतिस्पर्धात्मक तरिकाले अरु प्रदेश भन्दा अगाडी बढने बाटोमा बढनु पर्दछ
    त्यसका लागि एकरुपता , एकजुटता आवश्यक छ,
  • सुनकोशी कमला डाइभर्सनको सम्भावना छ, त्यसमा अघि बढन सकिन्छ,
    मधेशमा थुप्रै सम्भावनाहरु छ , त्यसलाई उपयोग गरिनु पर्दछ
    रसायनिक मलमा दिदै आएको अनुदान, प्राङ्गारिक मलमा दिन सकिन्छ, किसानहरु त्यस तर्फ अघि बढनु पर्दछ
    प्राङ्गगारिक मलको उत्पादनले तेहरो फाइदा लिन सकिन्छ मल , ग्यास, विजुली मा
  • नयाँ प्रविधिको प्रयोग गरेर उत्पादन बढाउनु पर्दछ
  • समाजिक सुधारमा अघि बढनु पर्दछ
    बोक्सी प्रथा अहिले पनि देखिन्छ, बोक्सी भएको भए लडाइ किन गर्नु प¥यो
    मलाई यति लागी गरिएछ , बोक्सी छ भने लगाइ दिए भै हाल्यो नी, किन गाली गरनु प¥यो ।
  • अन्धविश्वास बाट माथि उठनु पर्दछ ,
  • महिला माथि हुने हिंसालाई कानूनको दायरामा ल्याउनु पर्दछ, आफै नियन्त्रण हुन्छ ,
    दहेज प्रथा अन्त्य गरिनु पर्दछ, मण्डप बेहुला फिर्ता हुन्छ, लाज लाग्दो विषय हो
  • पछाडी परेको समुदायलाई अगाडी बढाउनु पर्दछ ,
  • जातको कुरा गरिनु हुँदैन, जात ठुलो र सानो हुँदैन
  • व्यवसायिक तालिम किसानहरु दिइनु पर्दछ , एक दिनको गोष्ठि होइन उनिहरु सिक्ने गरि केही समयको तालिम दिइनु पर्दछ
    जसले आफनो उत्पादनलाई बढाउन सक्छ ,
  • हाम्रो छिमेकी हरु धेरै अगाडी बढी सकेको छ ,
    उनिहरु बाट केही सिक्नु पर्दछ ,
  • प्रदेशको समग्र विकासको लागि प्रदेश संग हातेमालो गर्न संघ सरकार तैयार छ , तत्पर छ ।
  • नयाँ प्रणाली रहेको कानूनको विषयमा , स्रोत साधनहरुको बाँडफाँडको सम्बन्धमा केही समस्या छ त्यो विस्तारै समाधान हुन्छ ।
  • ऋणको कुरा गर्ने हो भने अन्य छिमेकी मुलुकको तुलनामा हाम्रो ऋण कम छ ।
    राष्ट्रिय आयको २० –२५ प्रतिशत ऋण ठुलो कुरा होइन, तर सही सदुपयोग हुनु पर्दछ
    साधारण खर्चको कटौती हुनु पर्दछ
  • संघीय लोकतान्त्रिक गणतन्त्र बलिदान पूर्ण संघर्ष बाट ल्याएका हौ ,
    यसका लागि धेरैले आशु बहाएका छन , जेल नेल भोगेका छन ,अहिलेको अवस्थाको कुरा गर्दा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु , अग्रजहरु प्रति सम्मान व्यक्त गर्दछुसहभागितामुलक समावेशी व्यवस्थालाई दृढ गर्दै जानु पर्दछ, यस प्रणालीको रक्षा गरिनु पर्दछ , त्यसकालागि समाजिक, राजनीतिक रुपमा सुदृढ हुनु पर्दछ

यस व्यवस्थालाई व्यवस्थित गर्ने चिज नै संविधान हुन ,
संविधान पूर्ण हुँदैन, समयानुसार परिवर्तन हुदै जानेछ ।
हाम्रो संविधानमा केही समस्या देखिएका छन, त्यसका लागि संशोधनको कुरा अगाडी बढाइएको छ ।
संविधान संशोधन, समाजिक एकता कायम गर्न, राष्ट्रिय एकता कायम गर्नका लागि हुन्छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !