
राजविराज, २७ चैत । सप्तरीको महादेवा गाउँपालिका ३ का चन्देश्वर खंग बुधबार कारागार चलान भएका छन् । लेनदेन मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ महिना कैद सजाय तोकिएका ५० वर्षिय खंगलाई अघिल्लो दिन मंगलवार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
अदालतको फैसला कार्यान्वयन गराउने क्रममा खङ्गलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी महादेवाबाट खटेको टोलीले गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
उक्त मुद्दामा सप्तरी जिल्ला अदालतले खंगलाई ६ महिना कैद सजाय हुने ठहर गरेको थियो । अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।