
एजेन्सी, २८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक इरानलाई शैन्य कारबाही गर्ने धम्की दिएका छन्। उनले इरानको आणविक कार्यक्रम अन्त्य गर्न र सैन्य बल प्रयोग गर्न सहमत हुने आफ्नो धम्की दोहो¥याए, इरान विरुद्धको कुनै पनि सैन्य कारबाहीमा इजरायलले प्रमुख भूमिका खेल्ने बताए ।
ट्रम्पले भने कि इरानलाई आणविक हतियार राख्न अनुमति दिन सकिँदैन र यदि उसले आफ्नो विकास प्रयास रोक्न अस्वीकार गर्यो भने सैन्य कारबाही गरिनेछ । ओभल अफिसमा धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेपछि, ट्रम्पले पत्रकारहरूलाई यो कुरा भनेका छन ।
ट्रम्पले भने, “म धेरै कुरा मांगी रहेका छैनौ, तर ऊ संग आणविक हतियार हुन सक्दैन । यदी उसले मानेनन् भने सैन्य कारबाही आवश्यक हुन्छ । हामी शैन्य बल प्रयोग गर्छौ । र इजराइल हाम्रो नेता हुनेछ । हामीलाई कसैले नेतृत्व गर्दैन । हामी जे चाहन्छौ त्यही हुन्छ ।
उनले सैन्य कारबाही कहिले देखी हुनेछ भनेर बताउन अस्वीकार गरे । ट्रम्पले भने कि म केही भन्न चाहन्न। तर जब कुराकानी सुरु हुन्छ, तब थाहा हुन्छ कि कुराकानी राम्रोसँग चलिरहेको छ, की छैन । म भन्न चाहन्छु की , जब हामी लाग्छ की कुराकानी साकारात्मक दिशामा अघि बढि रहेको छैन, त्यस पछि हामी निष्कर्षमा पुग्ने छौ ।
ट्रम्पले सोमबार एक आश्चर्यजनक घोषणा गर्दै अमेरिका र इरान शनिबार तेहरानको आणविक कार्यक्रममा प्रत्यक्ष वार्ता सुरु गर्न तयार रहेको बताए। उनले चेतावनी दिए कि यदि वार्ता असफल भयो भने, इरान ठूलो खतरामा पर्नेछ।