
राजविराज, २८ चैत । जनता समाजवादी पार्टी नेपालको वडा अधिवेशनका क्रममा सप्तरीमा विवाद भएको छ । विष्णुपुर गाउँपालिका(१ को परसाहीमा बिहीबार विवाद हुँदा कुटाकुटको अवस्थासम्म सिर्जना भयो ।
दुई पक्षबीच भएको कुटाकुटका क्रममा समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादव र समाजवादी युवा संघ विष्णुपुर पालिका अध्यक्ष देवेन्द्र यादव घाइते भएका छन् । दुवैजनाको टाउको फुटेको छ ।
उनीहरुलाई उपचारका लागि गजेन्द्र नारायण अस्पताल राजविराज ल्याइएको छ । गत चैत २६ देखि जसपा नेपाल सप्तरीमा वडा र पालिका अधिवेशन चलिरहेको छ ।