
जनकपुरधाम, २९ चैत । राजाबादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई पक्राउ नपरेको नेपाल प्रहरीले जनाएको छ । हिजो विहीवार साँझ केही संचारमाध्यमले दुर्गा प्रसाई भारत बाट पक्राउ भनि समाचार प्रकाशन गरे पछि नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै उनी पक्राउ नपरेको जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरि दुर्गा प्रसाई पक्राउ भन्ने शिर्षकमा विभिन्न संचारमाध्यमले समाचारहरु प्रकाशन गरेको सम्बन्धमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ। विभिन्न अपराधिक घटनामा संलग्न गरि फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजी सूचिमा रहेको जानकारी गराउर्दै हाल दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन प्रशारण नगरिदिनु हुन सबैमा अनुरोध छ।’
राजवादी समूहले फागुन १५ गते काठमाण्डौको तीन कुनेमा गरेको प्रदर्शनको क्रममा भएको घटनाको दोषी बनाउदै प्रहरीले प्रसाईलाई खोजी गरि रहेको छ ।