
एजेन्सी, ३१ चैत । राष्ट्रिय जनता दलका अध्यक्ष तेजस्वी यादवले आफुहरुको सरकार बने वक्फ कानून लागु हुन नदिने बताएका छन ।
शनिवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै तेजस्वी यादवले भने,‘बिहारमा हाम्रो सरकार बनेपछि हामी यो विधेयकलाई कुनै पनि हालतमा लागू हुन दिने छैनौं ।
वक्फ विधेयक विरुद्धको लडाई घरदेखि सडकसम्म जारी रहेको उल्लेख गर्दै उनले भने ,‘ हामी अदालतको शरणमा छौ ं। त्योभन्दा पहिले हामीले एनआरसीको विरोध गर्यौं । आरक्षणको लडाईमा पनि हामी अदालत गएका छौ ।’
तेजस्वीले वक्फ विधेयक असंवैधानिक भएको र यसले संविधानको धारा २६ को उल्लङ्घन गरेको बताए। आरएसएस र भाजपाको काम संविधान विरोधी छ। उनीहरूले आफ्ना उद्योग साथीहरूलाई फाइदा पु¥याउन यसो गरिरहेका छन्। विधेयकको संशोधनको विरोधमा राजदले संयुक्त संसदीय समितिमा १८ वटा पक्षमा आफ्नो भाषण प्रस्तुत गरेका थिए । इमेल पनि पठाइएको थियो, तर नरेन्द्र मोदीको सरकारले यो संविधान विरोधी विधेयक ल्यायो।
शनिबार पत्रकार सम्मेलनमा तेजस्वी यादवले मुस्लिमपछि भाजपाले सिख र ईसाईमाथि पनि आक्रमण गर्ने बताए। ८० प्रतिशत हिन्दूहरूलाई लक्षित गरिनेछ। यो भविष्यको एजेन्डा हो। भाजपाले ६५ प्रतिशत आरक्षणको साथ पनि त्यस्तै ग¥यो ।