
महोत्तरी, ९ वैशाख । जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले समाजवादको यात्रामा वंशवाद र नश्लवाद बाधक बन्ने दुष्प्रयास गर्न लागेको बताएका छन ।
जसपा नेपाल महोत्तरीका नवनिर्वाचित कार्यसमितिको सपथ तथा पदभार ग्रहण समारोहमा प्रमुख वक्ताको आसन बाट बोल्दै महासचिव शर्माले दुबै थरिको अतिवादीहरु मुलुकमा टाउको उठाउन थालेको उल्लेख गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको मुल जिम्मेवारी जसपा नेपालको काँधमा रहेको दावी गर्दै उनले नवनिर्वाचित कार्यसमितिका लागि अवसर र चुनौती दुबै रहेको बताए ।
वंशवादको वकालत गर्ने राजवादी समूह र नश्लवादको वकालत गर्ने केन्द्रिकृत शासन व्यवस्थाका अनुयायीहरु एक साथ संघीय लोकतान्त्रिक गणतन्त्र माथि प्रहार गर्ने प्रयास गरि रहेकोले त्यस विरुद्ध जसपा नेपालका नेता कार्यकर्तालाई सचेत र सजग हुनु पर्ने बताए ।
जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष एवं केन्द्रिय सदस्य नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी समिति सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव सहितका केन्द्रिय सदस्यहरु, केन्द्रिय विभाग एवं सल्लाकार समितिका सदस्यहरु, प्रदेश समितिका सदस्यहरु सहितका वक्ताहरुलेृ नयाँ कार्यसमितिलाई बधाई दिदै अगामी संघर्षका लागि तयार रहन नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राम नरेश राय सहितका पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिले पद तथा गोपनीयताको सपथ गराएका थिए । सपथ पछि निवर्तमान जिल्ला अध्यक्ष राम प्रकाश यादवले नवनिर्वाचित जिल्ला अध्यक्ष राम नरेश रायलाई पार्टी कार्यालयमा पद हस्तान्तरण गरेका छन ।
बैशाख ३ गते शुरु भएको जिल्ला अधिवेशन सहमतिको प्रयास सफल नभए पछि बैशाख ५ गते निर्वाचन भएको थियो ।
निर्वाचन बाट अध्यक्षमा राम नरेश राय , उपाध्यक्षमा रामेश्वर राय यादव र शिवचन्द्र साह, सचिव पदमा महेश कुमार यादव , उपसचिव पदमा प्रकाश साह र खुसी पटेल विजयी भएका छन । त्यसैगरि कोषाध्यक्षमा सखिचन्द्र यादव विजयी भएका छन ।
त्यस्तै ५० जना सदस्यकालागि ४६ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि सवै सदस्य निर्विरोध भएका छन् । निर्विरोध हुने सदस्यहरुमा नवल महतो (सोनमा गाउँपलिका), दिपेन्द्र ठाकुर (मनराशिसवा नगरपालिका), राजेशकुमार राय (मनरा सिसवा), रुपनारायण भगत (मनराशिसवा), सुरेश यादव (एकडारा), सुरेशकुमार यादव (रामगोपालपुर, मुद्दीन कवाडी (मनराशिसवा, दरवेश राय यादव (एकडारा) गणेश यादव (जलेश्वर) राम विचारी राय (जलेश्वर) रहेका छन् ।
त्यस्तै कौशलकिशोर झा (महोत्तरी), सरोज अधिकारी (भंगहा), नागेन्द्रकुमार यादव (महोत्तरी), अमोदकुमार यादव (महोत्तरी), संजयकुमार यादव (महोत्तरी), बलराम यादव (सम्सी), राजदेव यादव (सम्सी), भूनेश्वर कापड (जलेश्वर, अरुण ठाकुर (पिपरा र रामकेवल राय यादव (गौशाला) निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै मुकेशकुमार यादव (रामगोपालपुर, किशुनदेव यादव (बलवा, रामनन्दन यादव (जलेश्वर, अजयकुमार यादव (औरही, विमलेन्द्रकुमार सिंह (जलेश्वर, कलामुद्दीन मोमिन (सम्सी, कुलदीप दास कथबनिया (एकडारा) ललितकुमार झा (पिपरा) निलम शर्मा (जलेश्वर) र सफिना खातुन (बलवा) निर्विरोध भएका छन् ।
त्यस्तै अजिमा खातुन (सम्सी), फतमा खातुन (औरही), जुमनी देवी ठाकुर (सम्सी), उर्मिला देवी यादव (रामगोपालपुर, पूनमदेवी यादव (रामगोपालपुर, श्यामकला देवी चमार (सोनमा), लिलम देवी (पिपरा), फुलोदेवी शर्मा (रामगोपालपुर, फेकनी देवी महरा (मटिहानी र अनिताकुमारी (सम्सी) निर्विरोध भएका छन् ।
यस्तै सरोज देवी झा (महोत्तरी), गुड्डी राय (जलेश्वर, सुदामा देवी (जलेश्वर, गुड्डु दास (एकडारा) मो. मनिर अहमद (लोहारपट्टि) र मो. एलुन नदाफ (रामगोपालपुर) निर्विरोध भएका छन् ।