
बारा,१० बैशाख , । जनता समाजवादी पार्टी (जसपा) नेपाल बाराको आगामी बैशाख १३ र १४ गते हुने प्रथम एकता जिल्ला अधिवेशनको सरगर्मी बढेको छ। यस अधिवेशनमा युवा नेता धर्मेन्द्र प्रसाद यादवले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।धर्मेन्द्र यादवलाई जनप्रेमी, निष्ठावान्, कर्मठ र इमानदार नेताको रूपमा चिनिन्छ। उनको स्वच्छ छवि, असल नेतृत्व क्षमता र जनसेवाप्रतिको निरन्तर समर्पणले पार्टी कार्यकर्ता र स्थानीय जनतामाझ उनलाई लोकप्रिय बनाएको छ। उनको उम्मेदवारीले अधिवेशनमा उत्साह थपिएको छ।“संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको मूल मन्त्रलाई आत्मसात् गर्दै पार्टीलाई सशक्त, संगठित र जनउत्तरदायी बनाउन मेरो उम्मेदवारी हो,” यादवले भने। उनले पार्टीको सिद्धान्तलाई जनतामाझ पुर्याउन र सामाजिक रूपान्तरणका लागि अझै कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।यादवका समर्थकहरूले उनलाई भारी मतले विजयी गराउन व्यापक अपिल गरेका छन्। “धर्मेन्द्रजीको नेतृत्वमा जसपा नेपाल बारा नयाँ उचाइमा पुग्नेछ। उहाँको इमानदारिता र जनसेवाको भावना हामी सबैका लागि प्रेरणादायी छ,” एक समर्थकले भने।अधिवेशनमा सहभागी हुने सम्पूर्ण कार्यकर्ता र शुभचिन्तकहरूलाई यादवले सहयोग, सद्भाव र अमूल्य मतको अपेक्षा गरेका छन्। उनले “जय समाजवाद, जय जनता!” को नारासहित सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।जसपा नेपाल बाराको यो अधिवेशनले जिल्लामा पार्टीको भावी नेतृत्व र दिशालाई निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।