
जनकपुरधाम, १० बैशाख । मधेश प्रदेशका सांसद एवं जसपा नेता राम अशिष यादव त्रिदेवी दुर्गा मन्दिरमा विशेष पूजापाठ गरेका छन् ।
शहिदनगर नगरपालिका वार्ड नं ३ सप्त शहिदभूमि यदुकूहामा स्थापित त्रिदेवी दुर्गा मन्दिरको ५ ओै स्थापना दिवसको अवसरमा समाजवादी नेता यादवले धर्मपत्नी उषा यादवको साथ हवन यज्ञमा सहभागी भैई विशेष पूजापाठ गरेका छन् ।
सनातन धर्म संस्कृति संरक्षण,समृद्धि,सदभाव र शान्तिका लागि वि. स. २०७८ साल वैशाख १० गते समाजवादी नेता यादवद्वारा सो त्रिवेदी दुर्गा मन्दिरको विधिवत रुपमा समुदघाटन गरिएको मन्दिरका संरक्षक रामकृपाल साहले जानकारी दिए ।
सो स्थापना दिवसको अवसरमा आयोजित ब्रहम यज्ञ हवन, पूजापाठ कार्यक्रममा समाजसेवीहरु रामलाल साह, सुनिल साह,सुर्यदेव साह, झगरु मंडल सहित स्थानीय बासीहरुको सहभागिता थियो ।