जनकपुरधाम, ११ बैशाख । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी मुस्लिम संघ धनुषाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

बिहीबार धनुषाको यदुकुहामा संघको पुर्व जिल्ला उपाध्यक्ष अजिम अंसारीको अध्यक्षतामा सम्पन्न अधिवेशनले २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

युवा नेता रहमत राईनको अध्यक्षतामा चयन गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा अजिम अंसारी, उपाध्यक्षमा आबिद हुसैन, सचिवमा सदाम हुसैन र सहसचिवमा छोटकन राईन सहित चयन भएका छन् ।

अधिवेशनमा समाजवादी मुस्लिम संघ मधेस प्रदेश अध्यक्ष मुशाहिद हुसैन, शहिदनगरका मेयर दिनेश प्रसाद यादव, संगठन विभाग प्रदेश सदस्य अब्दुल्लाह शेख, साजिद हुसैन, समाजवादी मुस्लिम संघका प्रदेश उपाध्यक्ष नजाम अंसारी, प्रदेश सचिव इसराफिल अंसारी, प्रदेश सदस्यद्वय सतनाम साफी र रहमान अंसारी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !