काठमाडौं १२ बैशाख । अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का विभिन्न ९ वटा बैंकमा रहेका १६ वटा खाता रोक्का भएको छ ।

ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, एनएमबी र नेपाल बैंक लिमिटेडमा रहेका खाता रोक्का गरिएको हो ।यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले एनओसीका बैंक खाता रोक्का गर्ने र एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो ।त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्र गत चैत १० गते राष्ट्र बैंकलाई पत्राचार गरी एनओसीका बैंक खाताको विवरण मागेको थियो । मन्त्रालयको माग बमोजिम राष्ट्र बैंकले वैशाख ३ गते एनओसीका विभिन्न नौ वटा बैंकमा १६ वटा खाता रहेको भन्दै ती खाताको विवरण पठाएको थियो ।त्यसपछि वैशाख ७ गते ती सबै बैंकमा रहेका एनओसीका खाता रोक्नका लागि पत्राचार गरिएको थियो । खाता रोक्का भयो कि भएन भनेर अनुगमन समेत गरिएको थियो । वैशाख ११ गते ९ वटै बैंकले आफू मातहत रहेका एनओसीका खाता रोक्का भएको जानकारी खेलकुद मन्त्रालयलाई गराएका थिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !