काठमाडौं १७ बैशाख  । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ ।

नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याइएको छ । तर नियन्त्रणको कारण खुलेको छैन ।प्रवक्ता यादवका अनुसार अब के गर्ने भन्नेबारे दुवै पार्टीबीच छलफल गरेर टुंगो लाग्नेछ । ‘अहिले तत्कालका लागि यो प्रक्रिया रोक्नुपर्ने स्थिति आयो,’ यादवले भने, ‘यो प्रक्रियालाई अघि बढाउन उपयुक्त देखिँदैन । आजका लागि यो कार्यक्रम स्थगित गरेका छौं ।’टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको थियो । दुवै दलका नेता–कार्यकर्ता त्यहाँ उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !