जनकपुरधाम, २४ बैशाख । नेपाल भारत खुला सिमा संवाद समूहले भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा सम्पन्न गरिएको “अपरेशन सिन्दूर” मा पूर्ण समर्थन जनाएको छ ।

अपरेशन अन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयास स्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ ।

हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं । समूहका अध्यक्ष डा. राजिव झाले विज्ञप्तिमार्फत् भने, ‘ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए । यस्तो अवस्थामा भारतीय सुरक्षाबलद्वारा गरिएका आक्रमण सम्पूर्ण मानवता र शान्तिका लागि भएको कारबाही हो ।’

हामी नेपाल सरकारसँग माग गर्दछौं कि उसले पनि यो भारतीय कारबाहीप्रति समर्थन जनाओस्, किनभने आतंकवाद कुनै देश, धर्म वा समुदायको पक्षमा छैन, यो सम्पूर्ण मानव जातिका लागि खतरा हो ।

नेपाल भारत खुला सिमा संवाद समूह आतंकवादविरुद्ध भारतको यस स्पष्ट र निर्णायक कदमको प्रशंसा गर्दछ र आशा गर्दछ कि सम्पूर्ण दक्षिण एशिया शान्ति, स्थायित्व र सुरक्षा तर्फ अग्रसर हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !