जनकपुरधाम, २६ बैशाख । जनता समाजवादी पार्टी नेपाल धनुषाको नयाँ नेतृत्व भोलि चयन गरिने भएको छ ।

बिहीबारबाट सुरु भएको प्रथम जिल्ला अधिवेशनको बन्दसत्र शुक्रबार सम्पन्न भएपछि निर्वाचन समितिले प्रक्रिया अघि बढाइएको छ । सहमतीय प्रणालीबाट जिल्ला कार्यसमिति चयन हुन नसके मतदान गरिने निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्त्वका लागि अध्यक्ष पदमा जयकुमार यादव, शत्रुधन यादव, पशुपति यादव, चन्देश्वर महतो र अच्छय कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

समितिमा चाहिने दुई जना उपाध्यक्षका लागि जिवछ यादव, ललित कुमार मण्डल, दिनेश प्रसाद यादव, राम शंकर पासमान र अब्दुल मनान राईनले उम्मेदवारी दर्ता गराएका छन् ।

सचिव पदमा राम एकवाल शर्मा, राम नारायण कापडी, धर्मेन्द्र कुमार गोइत, उमेश प्रसाद महतो, सीता राम यादव, संजय कुमार यादव र दिपेन्द्र कुमार कापरीले उम्मेदवारी दिएका छन् ।

यता दुई जना उपसचिव पदका लागि, राम बिहारी यादव, श्याम कुमार राउत, सीता कुमारी देवी मण्डल, वेचन महतो, शशिचन्द्र यादव र दिनेश महतोले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्ष पदमा सुजिता यादव, मो. नजामुद्दिन अंसारी र अशोक कुमार यादवले उम्मेदवारी दिएका छन् ।

त्यस्तै ५० जना सदस्य पदका लागि कुल ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भोलि बिहान सहमतीमै नयाँ नेतृत्व चयनको प्रयास गरिने बताइएको छ ।

सहमती हुन नसके भोलि तीन बजेबाट मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिका संयोजक राम छविला यादवले जनाए ।

उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको लागि भोलि (शनिबार) उम्मेदवारी फिर्ता, दावी विरोध गर्ने समय दिइएको छ । अधिवेशनमा जिल्ला भरिबाट कुल ३ सय ४० प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !