
काठमाडौं २७ वैशाख । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि शनिबार बिहान बंगालादेश प्रस्थान गरेकी छिन् ।
बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् ।
इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् संगको सहकार्यमा वैशाख २८ मा आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले प्रमुख बक्ताको रुपमा सम्बोधन गर्नेछिन् ।
उनले कार्यक्रममा पछिल्लो समयमा मिडियाका क्षेत्रका देखि साझा समस्या र चुनौती, सामाजिक तथा सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियाभर जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकामा केन्द्रित रहेर संवोधन गर्ने कार्यक्रम छ ।
उपसभामुख राना जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।