जनकपुरधाम, १ जेठ  । संविधान संशोधन लगायतका मुद्दामा साझा धारणा निर्माण गर्न गठन भएको मधेश केन्द्रित सात दलको संयुक्त लोकतान्त्रिक मोर्चाले सचिवालय गठन गरेको छ ।

मोर्चाको कामकाजलाई चुस्त दुस्त बनाउन सचिवालय गठन गरिएको मोर्चाले जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रिय कार्यालय बबरमहलमा बसेको मोर्चाका शीर्ष नेताहरुको बैठकले सबै दलबाट एक एक जना प्रतिनिधि रहने गरि सचिवालय गठन गरेको छ ।

सचिवालयमा जनता समाजवादी पार्टी नेपाल बाट रामकुमार शर्मा, जनमत पार्टी बाट अब्दुल खान, लोकतान्त्रिक समाजवादी पार्टी बाट ज्ञानेन्द्र झा, जनता प्रगतिशिल पार्टी बाट डा. शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी बाट केशव झा , तराई मधेश लोकतान्त्रिक पार्टी बाट ब्रजकिशोर सिंह चयन भएका छन । बैठकमा राष्ट्रिय उन्मुक्ति पार्टीका प्रतिनिधिको नाम आउन नसकेको बैठकमा सहभागी एक नेताले बताएका छन ।

लोसपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृद्येश त्रिपाठी, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !