सर्लाही, ५ जेठ  । सर्लाहीको लालबन्दीमा यात्रुबाहक बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लालबन्दी नगरपालिका– १७ रानीगञ्ज बस्ने वीर सिंह पन्तकी २२ वर्षीया छोरी सोना पन्त छिन् ।

उनलाई उपचारका लागि मोडेल अस्पताल लगिएको थियो । तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोमबार दिउँसो करिब पाँच बजेको समयमा लालबन्दी नगरपालिका– १७ रानीगञ्जस्थित पूर्व–पश्चिम राजमार्गमा ना ६ ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २६४५ नम्बरको भ्यानलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते सबै भ्यानमा सवार व्यक्तिहरू हुन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !