
जनकपुरधाम, ८ जेठ। जनमत पार्टीले मधेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
पार्टीले वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियालाई फिर्ता गर्ने तयारी गरेको हो ।
उनी दुवै जनालाई फिर्ता बोलाएर जनमतले समानुपातिक प्रदेश सांसद बसन्त कुशवाहा र प्रत्यक्ष निर्वाचित सांसद सञ्जयकुमार यादवलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
कुशवाहा जनमतका उपाध्यक्ष हुन्, भने सञ्जयकुमार यादव केन्द्रीय सचिव हुन् ।
यसअघि कुशवाहा कृषि मन्त्री र यादव कृषि राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
२५ जेठ ०८१ मा जनमतका सतिशकुमार सिंह नेतृत्वमा सरकार बनेपछि साह र मियालाई मन्त्रालयको जिम्मेवारी दिएको थियो ।