गाैशाला, १० असार । महोत्तरीको गौशाला नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।
गौशालाको १४औँ नगरसभामा नगरप्रमुख डा. दिपेन्द्र महतोले आगामी वर्षको लागि १ अर्ब १ लाख ५५ हजार ५०० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
नगरप्रमुख महतोका अनुसार बजेट विभिन्न श्रोतहरूबाट निम्नानुसार संकलन गरिएको छ:
संघीय सरकारको अनुदान: ५० करोड २४ लाख रुपैयाँ
प्रदेश सरकारको अनुदान: २ करोड ५५ लाख १७ हजार रुपैयाँ
राजश्व बाँडफाँड: २० करोड ७ लाख ३८ हजार ३९२ रुपैयाँ
आन्तरिक स्रोत (स्थानीय राजश्व आदि): २७ करोड १५ लाख १०८ रुपैयाँ
यसरी कुल १ अर्ब १ लाख ५५ हजार ५०० रुपैयाँको आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गरिएको हो।

नगरप्रमुख महतोले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको जानकारी गराएका छन्। बजेटमार्फत नगरका सबै १२ वडाहरूमा आवश्यक विकास निर्माणका योजनाहरू समेटिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !