जनकपुरधाम १५ असार। विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग सहमति म्याद आज सकिंदैछ ।

महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो ।सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइसकेको छैन । पछिल्लो समय शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयको छलफल व्यापक बनाएको छ ।समितिमा धेरै विषयको टुंगो लागिसकेको छ । सहमति अनुसार आज अन्तिम दिन भएकोले बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् ।शिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकको टोली सिंहदरबारमा पुगेको हो ।समितिको बैठक पनि बिहानका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !