नगराईन, १५ असार। शैक्षिक सत्र २०८१को एस ई ई परिक्षाको नतिजामा नगराईन नगरपालिकाले जम्मा बाईस दशमलव जिरो चार  प्रतिशत (२२.०४%) विद्यार्थी उतिर्ण गराएको छ। जहाँ देशको रिजल्ट ६२% छ त्यही नगराईनमा रहेका जम्मा तीन विद्यालयका ४४० जना विद्यार्थी मध्ये ९७ जना उतिर्ण भएको छ ।

तीन विद्यालयहरु मध्ये सबैभन्दा राम्रो नतिजा राष्ट्रिय मा वि गङुलीले ३२ जना सहभागी मध्ये १० जना अर्थात ३१.२५% ,दोश्रो गिरिजा मा वि फुलगामा बहिरीमा १८० जना सहभागी मध्ये ४९ अर्थात २७.२२% र सबैभन्दा कम राजेश्वर निधि माध्यमिक विद्यालय नगराईनले २२८ जना मध्ये ३८ जना अर्थात १६.६६% उतिर्ण गराउन सफल भएको छ ।

समग्र देशको रिजल्टभन्दा ४०% कम रिजल्ट रहेको यो पालिकामा शुरुवातको ५ महिनासम्म शिक्षकहरुले तलब नपाएको कारण २ महिना विद्यालयको पठनपाठन बन्द रहेको गुनासो शिक्षकहरुको छ र यो अवस्थाको रिजल्टको जिम्मा यहाको जनप्रतिनिधिले लिनु पर्ने बताएका छन्।

एउटा पनि निजि मा वि सन्चालनमा नरहेको यस पालिकाको एस ई ई रिजल्ट दिनानुदिन खस्किदै गएको कुरा पालिका प्रमुख विनय कुमार यादवले स्विकार्दै आफ्नो जनप्रतिनिधिहरुको उदासीनताले नगरको एस ई ई परिक्षाको नतिजा खस्किएको स्विकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !