जनकपुरधाम, १६ असार  । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गलत नेतृत्वले गर्दा मुलुक जटिल अवस्थामा पुगेको बताएका छन ।

पार्टीको सूचना, संचार, विज्ञान तथा प्रविधि विभागद्वारा जनकपुरमा आयोजित दुई दिवसीय आइटी प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष यादवले प्रजातन्त्रको पुर्नस्थापना यता ३५ वर्ष देखी शासन गर्दै आएका गलत नेतृत्वले मुलुकलाई अद्योगतिको बाटोमा डो¥याएको आरोप लगाए ।

पछिल्लो ३५ वर्षमा मुलुकको ठुल–ठुला उद्योग कलकारखानाहरु बन्द भएको स्मरण गराउदै अध्यक्ष यादवले कृषिलाई समेत धारासायी बनाउनमा उनिहरुकै भुमिका रहेको दावी गरे ।

अहिले पनि उनिहरुकै हातमा शासन सत्ता रहेको बताउदै उनले शासन सत्ताको नेतृत्वमा परिवर्तन नआएमा मुलुकले गति लिन नसक्ने बताए । इतिहासकै सबै भन्दा बलियो वर्तमान सरकारले संविधान संशोधनको प्रतिबद्धता जनाए पनि हाल सम्म ‘स’ समेत उच्चारण नगर्नुले उनिहरु देशलाई निकास दिनु भन्दा झनझन बर्बादी बाटोमा लान उद्दत रहेको प्रमाणित भएको बताए ।

पछाडी परेका समुदायहरुको पहुँच स्रोत र साधन सम्म नभए मुलुकले विकास गर्न नसक्ने दावी गर्दै अध्यक्ष यादवले दुई तिहाई ओगटेको जनसंख्यालाई मुलधारमा ल्याउन नसक्नु मुलुकको लागि दुर्भाग्य रहेको बताए ।

सूचना, संचार, विज्ञान तथा प्रविधि विभागका प्रमुख जीतेन्द्र कुमार यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विदेश विभाग प्रमुख अर्जून थापा, केन्द्रिय कार्यकारिणी सदस्य डा. सुरेन्द्र यादव, प्रदेश अध्यक्ष बालकिशोर यादव सहितको उपस्थिति रहेको थियो ।

प्रशिक्षणमा देशभरिबाट ८५ जना प्रशिक्षार्थी सहभागी रहेका छन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !