जनकपुरधाम, १६ असार  । महोत्तरीमा टिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

मृतक १७ वर्षीय नीतिश भगत लोहारपट्टी नगरपालिका–१, बगराका हुन्। उनी चालक रहेको मोटरसाइकलमा पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका–४, विश्वकर्मा चोक निवासी ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएका छन्।

महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र भट्टका अनुसार साँझ करिब साढे ७ बजे बर्दिबास–जलेश्वर सडकखण्डअन्तर्गत टिम्किया भन्ने स्थानमा बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते अवस्थामा बर्दिबास अस्पतालमा उपचाररत नीतिशको मृत्यु भएको हो। रुपेशको अवस्था गम्भीर रहेकाले जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

महोत्तरीमा टिपरको ठक्करबाट टिपर चालक सिन्धुलीको कमलामाई नगरपालिका–का ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !