रौतहट, १६ असार । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज रौतहटको गरुडामा संघीय निजामती ऐन विरुद्ध प्रदर्शन गरेको छ।

सो ऐन गरिव कर्मचारीको हित विपरीत रहेको भन्दै आजपाका नेताहरुले जिल्लाको मध्य भाग गरुडा स्थित मेथुर चौधरी चोकमा आज संघीय निजामती ऐन ऐनलाई जलाएका छन्।

संघीय निजामती ऐन विधेयक खारेज गर्नुपर्ने माग गर्दै आम जनता पार्टीका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्नुका साथै विधेयक जलाएका हुन्।

आम जनता पार्टीका केन्द्रीय सदस्य रवीन्द्र यादव लगाएतका नेताहरुको अगुवाईमा सांकेतिक बिरोध स्वरूप विधेयक जलाइएको हो ।

सरकारले प्रतिनिधिसभाबाट पारित गरेको गरिवमारा विधेयक आफूहरु कुनै हालतमा स्वीकार्य गर्न नसक्ने भन्दै उनीहरुले सो विधेयक विरुद्ध कडा प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शन पछि गरुडाको मेथुर चौधरी चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आम जनता पार्टीका केन्द्रीय सदस्य रवीन्द्र यादवले सरकारले गरिव एवं विपन्न वर्गका कर्मचारीको भविष्य संग खेलवाड गर्ने नियतका साथ ल्याएको संघीय निजामती ऐन विधेयकलाई आफूहरुले कुनै हालतमा स्वीकार्य गर्न नसक्ने बताएका छन्।

सरकारले ल्याएको सो विधेयक तत्काल सच्याउनुपर्ने यादवले माग गरे ।

सरकारले आफूखुसी ल्याएको विधेयक तत्काल नसच्याय अर्थात आफूहरुको माग सम्बोधन नगरे यो भन्दा पनि कडा आन्दोलन गर्ने उनले चेतावनी दिए।

संघीय निजामती ऐन विधेयकलाई आजपाका नेताहरुले ठाउँ ठाउँमा जलाइरहेका छन् । संघीय राजधानी काठमाडौंमा समेत विधेयक जलाइएको छ।

आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले पनि स्वयंम हिसो संसद भवनको रोष्टममा नै सो विधेयक च्यातेका थिए।

त्यसपछि यसको चौतर्फी बिरोध हुन् थालेको छ। आजपाका नेताहरुले सो विधेयकको ठाउँ ठाउँमा जलाउन थालेका छन् भने विधेयक विरुद्ध आन्दोलित नै भएका छन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !