
जनकपुरधाम, १७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपाल स्थानीय तह सम्म आइटी सेल विस्तारको नीति तय गरेको छ।
सूचना संचार तथा विज्ञान प्रविधि विभागको आयोजनामा जनकपुरमा आज सम्पन्न दुई दिवसीय आइटी सम्बन्धि प्रशिक्षण लगतै पार्टीले आइटी सेललाई स्थानीयतह सम्म विस्तार गर्ने निर्णय गरेको जनाएको छ।
सूचना संचार तथा विज्ञान प्रविधि विभागका संयोजक एवं जसपा नेपालका केन्द्रिय सदस्य जितेन्द्र कुमार यादवको संयोजकत्वमा १६ सदस्यीय केन्द्रिय आइटी सेलको गठन समेत गरेको छ । केन्द्रिय आइटी सेलले प्रदेश र जिल्ला हुँदै स्थानीय तह सम्म विस्तार गर्ने संयोजक यादवले बताए ।
समाजिक संजालको युगमा पार्टीको नीतिलाई जनता सम्म लैजान र समय समयमा विपक्षीहरुले पार्टी विरुद्ध गर्दै आएको षडयन्त्रलाई चिर्न आइटी सेल प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास उनिहरुले लिएका छन ।
जनकपुरमा सम्पन्न दुई दिवसीय प्रशिक्षणमा देशभरिका करिब ८५ जना प्रशिक्षार्थीहरु सहभागी थिए ।