जनकपुरधा, १८ असार  । जनकपुरधामका मेयर मनोज साहका काका बासुदेव साहको छुरा प्रहार गरी हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेव प्रसाद विमलको हत्या भएको हो ।

बासुदेवलाई उनकै ज्वाइँ जनकपुरधाम २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गर्दा मृत्यु भएको हो ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार जग्गा सम्बन्धि घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै पेटमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटना पश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !