जनकपुरधाम, २२ असार । मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले वन्यजन्तुबाट भएको क्षतिपुर्ति उपलब्ध गराएको विवरण सार्वजनिक गरेको छ ।

वन तथा वातावरणमन्त्री संजय कुमार यादवको प्रमुख आतिथ्यमा मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा आफ्ना मातहतका निकायहरुबाट मधेस प्रदेशका ८ वटै जिल्लाहरुमा जंगली जनावरको आक्रमणबाट भएको क्षतिपूर्ति उपलब्ध गराएको एक प्रतिवेदनमार्फत् सार्वजनिक गरेको छ ।

शनिबार धनुषाको लालगढमा भएको पत्रकार, नागरिक समाज र मिडियाकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन विवरणमा प्रदेशभरिका ४९ जनालाई राहत उपलब्ध गराएको उल्लेख छ । न्यूनतम रकम करिब ९ हजार देखि १० लाख सम्म राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराएको जनाइएको छ ।

जंगली जनावर हात्तीको आक्रमणबाट भएको मकैबाली क्षती, धानबाली क्षती, गहुँबाली, घर र गोठ क्षती, भण्डार गरिएको अन्नबाली क्षती, केरा र तोरी क्षती, गम्भीर घाइते र मृत्यु भएका परिवारलाई राहतस्वरुप साढे ४० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको जनाइएको छ ।

४९ जनामध्ये ४७ जना हात्तीको आक्रमणबाट पीडित छन् । त्यस्तै बँदेल र अर्नाको आक्रमणबाट १/१ जना पीडित भए ।

जंगली जनावरको आक्रमणबाट ३ जनाको मृत्यु र ४ जना गम्भीर घाइते भएको प्रतिवदेनमा उल्लेख छ । त्यस्तै अन्य सबै बालीनाली तथा घर र अन्नबाली पीडित रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !