जनकपुरधाम १० साउन । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ स्थित जण्डोलमा प्रथम तपेश्वरी मिनी महोत्सव हुने भएको छ । जण्डोल फुटबल क्लब जण्डोल सप्तरीद्वारा साउन ११ गतेदेखि भदौ १ गतेसम्म २० दिने तपेश्वरी मिनी महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सव स्थल श्री ठाकुरजी माद्यामिक विद्यालय जण्डोलको खैलमैदानमा आयोजकले शनिबार पत्रकार सम्मेलन आयोजना गरि महोत्सवको तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष प्रितम्वर चौधरीले महोत्सवले तपेश्वरी बजार जण्डोलको विकास र प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेओझेलमा परेको तपेश्वरी बजारको विकास, प्रचारप्रसार तथा स्थानीय कृषि उपज तथा उपकरणको प्रबर्द्धन गर्ने महोत्सवको मुख्य उदेश्य होु अध्यक्ष चौधरीले भने, यसले बजार विकासमा ठूलो योगदान गर्नेछ, छायाँमा परेको पर्यटकीय स्थलको उजागर गरि पर्यटन विकासमा टेवा पुग्नेछ।
उनले महोत्सवमा नेपाल तथा छिमेकी भारतका गरी एक लाखबढीले अबलोकन गर्ने अनुमान गरिएको बताए ।
ुमहोत्सवमा राष्ट्रिय तथा अन्तरास्ट्रिय चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ, थारु, मैथिलसहितका स्थानीय स्वादमा खानाको परिकार तथा बाँसबाट निर्मित विभिन्न घरेलु प्रयोजनका सामाग्रीसहित कृषि औजारहरु रहेको ५० भन्दाबढी स्टल राखिएको छु उनले भने, रोटेपिङ्ग,ड्राइगन ट्रेन,नाउँ,जम्पिङ्ग, स्कारपिओ जस्ता दैनिक मनोरञ्जनात्मक खेलहरु महोत्सवको प्रमुख आकर्षण रहेको छ ।ु
उनका अनुसार मेलामा नेपालका चर्चित गायक दुर्गेश थापा, हास्य कलाकार धुर्मुस सुन्तली, नायिका एलिना चौह्वन, प्रिती पासवान, अन्जु कुस्मी, अनु चौधरी, संगिता चौधरी, सुनु कुमार र भारतका चर्चित नृत्य कलाकार माही मनिसा,मानिया, जिबबलगायतका २ दर्जनबढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति हुनेछ ।
आन्तरिक तथा बाह्य गरि १ लाखभन्दाबढी पर्यटक सहभागी हुने महोत्सवमा ५० लाखभन्दाबढीको कारोबार हुने आयोजकको अनुमान छ।
साँझ ६ बजेदेखि सुरु गरि १० बजे रातीसम्म संचालन हुने महोत्सव आइतबार अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले उद्घाटन गर्ने महोत्सव व्यवस्थापक विकास इभेन्ट प्लानरका प्रोपाइटर विकास कुमार साहले जानकारी दिए ।
महोत्सव सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोग लिई एकसयबढी स्थानीय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ । महोत्सवमा सुरक्षाको कमी महसुस हुन नदिने आयोजक समितिका अध्यक्ष चौधरीले दावी गरे





